काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ‘मिनि लकडाउन’ काे तयारी गरेको छ । कोरोना संक्रमण तिब्र रुपमा वृद्धि भएसँगै सरकारले काठमाडौं उपत्यकामा थप कडाई गर्ने तयारी गरेको हो ।
यसअघि, जोरबिजोर प्रणाली लागू गरिएको छ भने बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म हिडडुलमा रोक लगाइएको छ । यस्तै, नाका प्रवेशमा कडाइ गरिदैं आएकोमा थप कडाई हुने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योग/कलकारखाना, होटल/रेस्टुराँ, दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्ड लागू गर्ने तयारी पनि गरिएको छ ।
सरकारले नागरिकता, राहदानी, पञ्जीकरण, संस्था दर्ता, स्थानीय तहका सिफारिस, भेटघाट, समूहगत हिँडडुलरछलफललगायतलाई परिस्थिति सहज नभएसम्म स्थगन गर्ने विषयमा छलफल समेत गरिरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अटेर गरिए राजधानीमा पनि निषेधाज्ञा जारी गरिने बताएका छन् ।
काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले नाकामा कडाई नगरे उपत्यकामा कोरोनाको भयाबह स्थिति सिर्जना हुने बताएका छन् ।
जहाँ प्रधानमन्त्री र मन्त्रीहरुले नै मास्क लगाएनन्, त्यहीँ देखियो मन्त्रीलाई कोरोना