काठमाडौं । प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ ।

प्रभुले साउन १९ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।

सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकहरुले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।