काठमाडौं । आज हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज पर्व हिन्दु नारीहरुले कोरोनाका कारण घरभित्रै बसेर मनाइरहेका छन् ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् ।
काठमाडौं उपत्यकामा बुधबार रातीदेखि प्रशासनले गरेको निषेधाज्ञाले अत्यावश्यक काम बाहेक बाहिर निस्कन समेत प्रतिबन्ध छ ।
Comments







