काठमाडौं । संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन बिहीबार राति तोडफोड भएको छ । आइसोलेसन तोडफोड हुँदा लाखौं रुपैयाँ क्षति भएको बताइएको छ । तर, कसले तोडफोड गर्यो भन्ने अहिलेसम्म खुलेको छैन ।
तोडफोडबाट शय्या, अक्सिजन कन्सनथेटर, डिभाइडरलगायतका सामग्रीमा क्षति पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमिण विरामीको हिमालय क्याम्पसको आइसोलेसन राखेर उपचार गर्ने निर्णय गरेको थियो। जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन निर्माण गरेको थियो।
Comments







