रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो ।

यता, नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १२६ भन्दा माथि पुगेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबारसम्म अपडेट गरेको जानकारी अनुसार १२६ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ६४५ जनामा कोरोना पुष्टि भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।