काठमाडौं । रुसले बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक नेपालीले पनि लगाएको पाइएको छ । राजधानी मस्कोमा बस्ने डा. महेशसिंह श्रेष्ठले कोरोना परीक्षण खोप लगाउने अवसर पाएका हुन् । उनी ६१ वर्षका छन् भने स्वास्थ्य क्षेत्रमा नै कार्यरत हुन् । नेपालमा सल्यान मूल घर भएका श्रेष्ठ चार दशकदेखि रसियामा बस्दै आएका छन् ।

उनले अब ‘सेकेन्ड डोज २१ दिनपछि १० अक्टोबरमा लगाउने छन् । दोस्रो डोज नलगाएसम्म सबैले अन्यसरह नै सावधानी अपनाउनुपर्ने उनी बताउँछन् । खोप लगाएपछि हात अलि गरुङ्गो र हल्का टाउको दुखेजस्तो अनुभव गरेको उनी बताउाछन् । उनले खोप लगाउँदा अन्य असर भने नदेखिएको जनाएका छन् । रुसको खोपको विषयमा पछिल्लो पटक विश्वभरी चासोका साथ हेरिएको छ । डा. श्रेष्ठ भने खोप हानिकारक नभएको भन्दै डराउन नपर्ने बताउाछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।