काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आजका लागि तेजावी सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको थियो ।