काठमाडौँ । अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत उनले २८औं दिनमा अनशन तोडेका हुन् । ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।
उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाए । लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था नाजुक भएका डा. केसीको अहिले त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।