कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव, मुख्यमन्त्री पद धरापमा

मुख्यमन्त्री शाही (बिचमा)

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाही विरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका हुन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाए मुख्यमन्त्रीको पद भने धरापमा पर्ने सम्भावना बढेको छ ।

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको जानकारी दिएका छन् । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।