१५० भोट ल्याएर नेपाल पुनः राष्ट्र संघ परिषदको सदस्यमा पुनः निर्वाचित

काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा १५० भोट प्राप्त गदैैै पुनः निर्वाचित भएको छ । राष्ट्र संघ मुख्यालयमा मंगलबार राति भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।

अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।