काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष र ५३४ महिलामा गरी कूल एक हजार ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ९१७ पुगेको छ । २४ घण्टामा तीन हजार ५३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख ८२ हजार ७८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । जुन कूल सङ्क्रमितको ८५।८ प्रतिशत हो । अठ्ठाइस हजार ८७८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४२१ जना होम आइसोलेसनमा छन् भने ३२६ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपालञ्चोक, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङमा सक्रिय सङ्क्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५९ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।