उपत्यकाको सवारी साधनमा जोर–विजोर गर्ने तयारी

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी सुरु गरेको छ । गृह मन्त्रालयले मुलुकका ७५ जिल्लामा लगाइएको निषेधाज्ञाको समिक्षा थालेको छ भने काठमाडौं उपत्यकामा जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउने विषयमा पनि छलफल थालिएको छ । सरोकारवाला निकाय मध्ये कतिपयले भने अहिले नै सवारी साधन खुकुलो बनाउन नहुने सुझाव दिएका छन् भने कपितयले जोर विजोर प्रणालीमार्फत खुकुलो बनाउनुपर्ने राय दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘यो मसान्तसम्म त निषेधाज्ञा जारी रहेको त्यसपछि थप हुँदा चाहिँ अन्य केही क्षेत्र खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् । उपत्यकाका सिडिओहरुका अनुसार निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुनेछ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रणका लागि भन्दै १६ वैशाखदेखि निषेधाज्ञा लगाएका थिए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला