जेठ ३१ –  हाम्रो समाजमा छोरीहरुले काजक्रिया गर्नुहुन्न भन्ने मान्यता रहेकाले कोही कसैले त्यसो गरि हालेमा अरु अचम्ममा नपर्ने त कुरै रहेन ।

त्यस्तै भयो छोरा ताप्लेजुङ जिल्लामा पनि । त्यहाँको पश्चिमी ढुङ्गेसाँघु गाविसमा तीन छोरीले बाबुको काजक्रिया आफैँ गरेर परम्परालाई तोडका छन् ।

हाम्रो समाजमा छोरा नहुनेहरुका काजक्रिया मृतकका भाइभतिजाले गर्नुपर्ने मान्यतालाई उनीहरुले तोड्न सफल भएका हुन ।

ढुङ्गेसाँघु गाविस–२ बस्ने डिल्लीराम श्रेष्ठका तीन छोरी देवीमाया, पवित्रा र भीमकुमारी श्रेष्ठले बाबुको काजक्रिया गरेका हुन् ।

छोराले नै काजक्रिया गर्नुपर्ने परम्परा तोड्दै माइती केही नभएपछि बाबुको क्रिया गरेको उनीहरुले बताएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।