काँकडभिट्टाबाट ५ वर्ष ३ महिनाअघि विश्व
साइकल यात्रा थालेका सौरभ दाहाल ४८ औं मुलुक भ्रमणका क्रममा चीनको दक्षिणी
सहर गोन्झाउ आइपुगेका छन् ।

जेष्ठ १६ गते उनी यहाँ आइपुगेका हुन् ।
सबैका लागि समान शिक्षा, पर्यावरण संरक्षणका लागि साइकल र बुद्ध नेपालका
जन्मिएका हुन् भन्ने सन्देश फैलाउनु उनको यात्रा उद्देश्य हो ।

ओमानबाट
यहाँ आएका दाहालले १५ दिन चीनमा बस्ने योजना रहेको सुनाए । यसपछि उनले
हङकङ र मकाउको समेत भ्रमण गर्ने जनाए । झापा भद्रपुरका उनले सन् २०२० सम्म
विश्वभरका २ सय ५ मुलुक भ्रमण गरिसक्ने योजना बनाएका छन् ।

चीनमा बसोबासको प्रबन्ध त्यहाँ स्थित गैरआवासीय नेपाली संघले मिलाएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।