जेठ २८ –पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला लुकाएर अलि बढी दाम कमाउने सोचमा हुनुहुन्छ भने होस पुर्याउनुहोस प्रहरी खोरमा जानुपर्ला ।
त्यस्तै कालोबजारी गर्ने स्वयम्भूको हामा पेट्रोल पम्पका दुई जना हिजो प्रहरीको खोरमा पुगेका छन ।
पेट्रोलियम पदार्थ नभएको सूचना टाँसी सर्वसाधारणलाई नबेचेर व्यवसायीहरूलाई मात्र बढी मूल्यमा पेट्रोलियम बेचेको गुनासो आएपछि छापा मारेर दुईजना व्यक्तिसहित करिब २३ सय लिटर डिजेलसहित पक्राउ गरेको हो ।
त्यसरी पक्राउ पर्नेहरु पम्पका प्रबन्धक र एक चालक रहेका छन् ।
पेट्रोल पम्पका सञ्चालक तीर्थ प्रधानलाई आवश्यक कागजात लिएर उपस्थित हुन भनिएको र व्यवसायीलाई दिने सम्झौताको कागज प्राप्त नभए कालोबजारी ऐनअन्तर्गत कारबाही चलाइने छ ।