आज ११ बजेर ५ मिेनट जाँदा अज्ञात समुहले गोलि हानि घाइते बनाएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको उपचारको क्रममा निधन भएको छ ।
न्यायाधीश बम र उनका अंगरक्षकमाथि राजधानीको शंखमुलस्थित युनएन पार्क नजिकै करिब साढे ११ बजे कारमा रहेको अवस्थामा गोली प्रहार गरिएको थियो । न्यायाधीश बम बा.८. च ९८५३ नम्बरको सेतो कारमा रहेका थिए । बमलाई च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको थियो । सोही कारको पछाडीपटि बसेका उनका अंग रक्षक महेश गिरीलाई समेत हतियारधारीले गोलि हानेका थिए । अंगरक्षक गिरीको भने घाँटीमा गोली लागेको छ ।

यही कारमा उनलाई गोलि हानिएको थियो ।

रातो पल्सरमा आएकाले न्यायाधिस बमलाई गोलि हानेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । तर अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न सकिएको छैन । पर्चामा भेटिएको नाम अहिलेसम्म कतै पनि नसुनिएको नाम हो ।

गोलि लागेका दुवै जनालाई स्थानीयले नर्भिक अस्पतालमा पुर्‍याएका थिए । अहिले अस्पतालमा प्रधानन्याधीश खिलराज रेग्मी नर्भिक अस्पताल पुगेका छन् भने सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य विभिन्न व्यक्तिहरुको ठूलो भीड लागेको छ 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।