यी नै हुन् अमरबहादुर बम ।

संयुक्त अरब
इमिरेट्समा एक जना भारतीय नागरिकको हत्या प्रकरणको आरोपमा पक्राउ परेका दार्चुला,
धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित
सेल्टर जेलमा मृत्युदण्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् ।

पेशाले सवारीचालक
रहेका बम भारतीय नागरिकको हत्यामा संलग्न भएका हत्यारालाई गाडीमा चढाएर लैजादै
गर्दा समातिएका हुन् । नेपाली नागरिक बम निर्दोष भएको भनेर ती हत्याराले
लिखितरूपमा जनाएपनि अहिलेसम्म उनले कानुनी उपचारमार्फत् छुट भने पाएका छैनन् ।
यसरी पुगे बम जेलमा
?

बिवाह गरेको लगत्तैपछि कामको सिलसिलामा दिल्ली पुगेका बमलाई दिल्लीबाट एक जना
भारतीयले राम्रो काममा लगाइदिने भनी दुबई पुर्‍याएका थिए । भिजिट भिसामा दुबई
आइपुगेका बमलाई उक्त व्यक्तिले दुईजना भारतीयको निजी सवारी साधन चलाउने जागीरमा लगाइदिए

बमले दिएको जानकारी अनुसार उक्त जागीर शुरु गरेको १० दिन पनि नपुग्दै एक दिन ती
दुवै भारतीयहरूले उनलाई इन्डियन क्लबमा जान भने । उनले दुबैलाई क्लबमा पुर्‍याए । 

उनीहरू क्लबमा पसे र बम बाहिरै गाडीमा उनीहरूलाई कुरेर बसे । केही बेरपछि उनीहरू
बाहिर आए र गाडीमा बसेर फर्कने आदेश दिए । उनीहरूले बस्ने कोठामा पुगेपछि हामीले
मान्छे मारेका छौं, छिटो भाग नभए
पुलिसले तँलाई पनि समात्नेछ भनेपछि उनी त्रसित भई उनीहरूसँग भाग्दै शारजाह भन्ने
शहरमा पुग्दा आजभन्दा करिव ९ वर्ष अगाडी कर्णबहादुर
बमका छोरा र धनमती बमका श्रीमान  बमलाई दुबईमा बिना कसुर  त्यहाँको प्रहरीले पक्राउ गर्‍यो ।

यस्तो छ वर्तमान अहिलेको अवस्था !
बमलाई संयुक्त
अरब इमिरेट्स सरकारले मृत्यदण्डको सजाय दिएको खबर सुनेर उनकी आमाको मृत्यु भइसकेको
छ भने अन्य सदस्यले जीवन बचाउन पटक पटक अपिल गरिरहेका छन् ।
तर यो विषयमा भने
सरकार कृटनीतिक तवरबाट सक्रियता देखाउन पछि परेको छ ।
बमका चिन्तित अवस्थामा रहेका परिवारहरु

बमकी श्रीमती उनलाई मृत्युदण्डको सजाय सुनाएको
खबरले बेहोसमा बहकिइरहेकी छन् ।

बमका बुवा सो खबर
सुनेदेखि नै रोइरहने गरेका छन् । छोराको मृत्यु भएमा आफू पनि नबाँच्ने बताउँछन् ।
यता, उनकी श्रीमती पनि पतिलाई मृत्यदण्ड दिएमा महाकालिमा हाम
फालेर मर्ने गुनासो गर्दै हिडेकी छन् ।
बमका परिवारलाई
मृत्युदण्डको खबर नआउँदासम्म उनी भारतमै थिए भन्ने लागेको थियो तर त्यस्तो दुःखद
खबर आए पछि मात्रै बम संयुक्त अरब इमिरेट्समा रहेको थाहा पाएका हुन् ।
८ वर्ष अगाडी १३
बर्षको उमेरमा विवाह गरी विवाहको एक महिनापछि नै पैसा कमाउन भन्दै श्रीमान भारत
गएका थिए । 
उनी आर्थिक
समस्याकै कारण पैसा कमाउने सोचमा भारत हुँदै संयुक्त अरब इमिरेट्स पुगे पनि अहिले
उनलाई त्यहाँको सरकारले निर्दोष नै भए पनि मृत्युदण्डको
सजाय सुनाएको हो ।
नेपाल सरकारले
कुटनीतिक तवरबाट अलिक गम्भीर भएर पहल कदमी गर्ने हो अमरको ज्यान बाँच्ने छ । तर
आवाज नहुनेहरुको व्यथालाई कसले सुनिदिने भने झै भएको छ ।
अमरबहादुर बमको बारेमा हिमालय टेलिभिजनले तयार पारेको सामग्री तल भिडियोमा हेर्नुहोस

 

नेपाली नागरिक बम निर्दोष भएको भनेर हत्याराले लिखित रूपमै उल्लेख गरेको कुरा यस्तो छ:

 

  
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।