Tuesday, August 18, 2026
27.1 C
Kathmandu
Home ठगी र अपराध औषधी व्यवस्था विभागमा ढकाल, भट्टराईलाई हटाइयो

औषधी व्यवस्था विभागमा ढकाल, भट्टराईलाई हटाइयो

काठमाडौं १५ भदौ । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई हटाएर नारायण ढकाललाई जिम्मेवारी दिइएको छ ।

महामारीको समयमा कालोबजारी नियन्त्रण गर्न भूमिका नखेलेको, लेभल फरक पारेर बिक्रि वितरण गर्ने औषधी कम्पनीलाई कारबाही नगरेको, बजार अनुगमन प्रभावकारी नगरेको जस्ता आरोप खेप्दै आएका भट्टराईलाई हटाएर विभागको महानिर्देशकमा ढकाललाई नियुक्त गरिएको हो । भट्टराईले पछिल्लो पटक औषधीको मूल्य बढाउन खोजेर सर्वसाधरणलाई महामारीमा थप मारमा पार्न खोजेको आरोप समेत लागेको थियो । मन्त्रालय स्रोतका अनुसार भट्टराईले समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको र चित्तबुझ्दो कार्यसम्पादन समेत नगरेकाले हटाइएको जनाएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ढकाललाई विभागको महानिर्देश नियुक्त गरिएको हो । स्वास्थ्यसेवा तर्फ ११ औँ तहमा कार्यरत ढकाल यसअघि स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिए । असोज १९ गते ढकाललाई मन्त्रालयमा सरुवा गरिएको थियो । ढकालले यसअघि पनि विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

यो पनि पढ्नुहोस्

युमेडिकाको औषधीः मानव स्वास्थ्यमा गम्भीर खेलवाड, कभर एउटा भित्र औषधी अर्कै (भिडियोसहित)
लेभल फरक भएको युझोलिन–१००० औषधी अहिले पनि बजार छ्यापछ्याप्ती
अपडेट: डिडिएद्धारा युझोलिन–१००० बिक्री वितरण रोक्का

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।