काठमाडौं २० वैशाख । पार्टीभित्र विवाद निक्कै उचाईमा पुगेका बेला नेकपा सचिवालय बैठक बस्न अघि प्रधानमन्त्रीले सक्रियता देखाएका थिए ।
बैठक बस्नुअघि प्रधानमन्त्रीले ओली तीन खतरानाक मुभ गरेका थिए । प्रधानमन्त्री ओलीले आज पार्टी उपाध्यक्षसँग बामदेव गौतमसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले ४ बजेका बोलाइएको बैठक ५ बजेका लागि सारेर आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सुरू हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । त्यसअघि उनले गौतमसँग भेट गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै राष्ट्रपतिसँगको भेटपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका छन् । यी तीन भेट ओलीका लागि रणनीति तय गर्ने महवपूर्ण भेट रहेको मानिएको छ । त्यसाे त प्रधानमन्त्री ओलीले प्रचण्डको कुर्सी समेत आफ्नै लहरमा ल्याएर राखेका छन् । अघिल्लो बैठकमा प्रचण्डको कुर्सी अन्य सचिवालय सदस्यसँगै पुर्याइएको थियो ।
यता, सचिवालयमा यसअघि अल्पमतमा परेका ओली आजको बैठकमा भने गठबन्धन फेरबदल गर्न सफल हुँदै बहुमतमा पुगेको चर्चा भइरहेको थियाे । ओली बहुमतमा पुगेमा उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनपर्ने संकट टर्न सक्ने बताइएको छ ।