आज एकै दिन ६२ जनामा सङ्क्रमण, जम्मा सङ्ख्या ३५७ पुग्याे

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज (जेठ ५ ) एकैपटक ६२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७, धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक/एक गरी कूल ५३ जनामा सङ्क्रमण देखिएको जानकारी दिए ।

आजै यसअघि रौतहटमा आठ जना र बारामा एक जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या ३५७ जना पुगेको छ । पुरुष २९८ र महिला ५९ जना रहेका छन् । अहिलेसम्म ३१ जिल्लामा सङ्क्रमण देखिएको छ ।

प्रदेश नंं १ मा ४० जना, प्रदेश नंं २ मा १३२ जनामा, वाग्मती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश नंं ५ मा १५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् । प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर ३० हजार ७२३ जना, आरडिटीबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ ।

उनका अनुसार पिसिआरबाट फागुनमा ४५६ जना, चैतमा पाँच हजार १८४ जना, वैशाखमा २१ हजार ३४० जना तथा आरडिटी चैतमा तीन हजार ३२१, जनामा वैशाखमा ६० हजार ३१९ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा दुई हजार ५५८ जनाको पिसिआर र एक हजार ७५१ जनाको क्यारेन्टिनमा २० हजार ९० जना र आइसोलेशनमा ४१२ जना रहेका छन् ।

यसैगरी कोभिड–१९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमूना सङ्कलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

यी समाचार छुटाउनु भयाे की ?
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?

धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments
spot_img

More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

रोमाञ्चक खेलमा अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा...