काठमाडौं । शनिबार पुनः ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक तीन जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि आज शनिबार मात्र ६ जना थपिएका थिए । योसँगै नेपालका कोरोना संक्रमितको संख्या संख्या २७६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवाबाट परीक्षण गर्दा कपिलवस्तुका ३ जनामा कोरोना पुष्टि भएको हो । यसअघि, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ निवासी २५ वर्षीया महिला रहेका छन् ।

यी समाचार पढ्न छुटाउनु भयो की

धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा

बाँके र मकवानपुरमा शुक्रबार बिहान ९ जनामा कोरोना पुष्टि, कुल संक्रमित २५८ पुगे

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।