काठमाडौं । नेपाली सेनाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
नेपाली सेनका अनुसार उनीहरु सेनामा कार्यरत रहेका हुन् ।

उनीहरू १ जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् । उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । संक्रमितहरुलाई एपीएफको अस्पतालमा ल्याउन प्रकिया सुरु गरिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । आज बिहान ६ जना, दिउँसो तीन जना र साँझ २ जनामा कोरोना पुष्टि भएको हो । अहिलेसम्म ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यी समाचार पढ्न छुटाउनु भयो की

धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।