काठमाडौं । नेपालमा कोरोनाबाट पहिलो पटक मृत्यु भएकी सुत्केरी महिलाको शिशु र परिवारमा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर रिपोर्टका आधारमा आमाको निधन कोरोनाका कारण भएको पुष्टि भएपनि शिशु र परिवारमा भने संक्रमण देखिएको छैन ।
मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । दुई हप्ताका शिशुलाई शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।
नतिजा नेगेटिभ आएपनि उनीहरुलाई अब १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।
यी समाचार छुटाउनु भयाे की ?
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?
धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा
काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि
शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना
भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)