काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जनाको अस्पतालमा नै निधन भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको हो ।

हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पताल स्रोतलाई उदृत गर्दै काठमाडौं प्रेसले समाचार लेखेको छ । सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो । ती महिलामा कोरोनाको संक्रमण देखिएको बताइएको छ ।

याे पनि पढ्नुहाेस्-पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?

उनको शुक्रबार दिउँसो स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा गरिएको पीसीआर परिक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको बताइएको छ । उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न भने बाँकी छ । धुलिखेल अस्पतालमा कोरोना भाइरस पोजेटिभ देखिएकी महिलाको मृत्यु भएको र यसबारे नियमित पत्रकार सम्मेलनमा जानकारी दिने समाचारदैनिकले समाचारमा उदृत गरेको छ ।

सिलापत्र डटकमका अनुसार परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । अहिले धुलिखेल अस्पतालको आकस्मिक कक्षलाई सिल गरिएको छ ।

यी समाचार पढ्न छुटाउनु भयो की

कोरोना संक्रमित संख्या २७६ पुग्यो, फेरि थपिए ३ जना

धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।