कोभिड–१९ को सङक्रमणको आज पुनः तीनजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको बताए ।
नयाँ सङ्क्रमितमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका छन् । जसमध्ये एकजना स्वास्थ्यकर्मी रहेका छन् ।
बाँकेमा आजै एकजनाको मृत्यु भएका परीक्षणका क्रममा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ । यसअघि आजै रौतहटका १० जनामा कोराना भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।
यी समाचार छुटाउनु भयाे की ?
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?
धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा
काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि
शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना
भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)




