आज ३३ जिल्लामा थपिए ३ सय ८० जना कोरोना संक्रमित (थपिएका जिल्ला विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशका विभिन्न जिल्लामा ३ सय ८० संक्रमित थपिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोनबाट हालसम्म १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् ।

यी समाचार छुटाउनु भयो की ?

एउटै जिल्लामा एकै दिन १०२ जनामा कोरोना पुष्टि, सोमबार कुन-कुन जिल्लामा थपिए ?

काठमाडौं चार, ललितपुमार एक जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमित ६ हजार नाघे, आज थपिए ४५१ संक्रमित

यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति

दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे

भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।